जो मानिस बुढेसकालमा भियग्राको सहयोगमा बुढेशकाल रंगिन बनाउने सपना देख्दैछन् उनिहरुलको लागि यो समाचार चेतावनी भन्दा कम छैन् ।

अमेरिकाका एक ८६ वर्षिय वृद्धले भियग्रा खाएर आफ्नो आँखा नै गुमाएका छन्। ८६ वर्षिय एंथनी एंड्रेसाकिसले भियग्रा खाएर आँखाको दृष्टी गुमेको बताएका छन्। जब उनले भियग्राको सेवन शुरु गरे तब उनको आँखाको दृष्टी कम हुँदै गएको थियो अहिले त उनले आँखाले देख्न ठ्याम्मै छोडे।

उनले प्रहरीलाई भियग्राले आँखाको दृष्टी गुम्यो भनेर उजुरी गरिसकेका छन्। एंथनीले अदालतमा समेत सो भियग्रा बनाउने कम्पनी विरुद्ध मुद्दा हालिसकेका छन्